एमालेको स्थायी कमिटी बैठक आज, दुई एजेन्डामा छलफल हुने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैंठक बस्ने भएको छ । आज बिहान ११ बजे बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बैंठक बस्न लागेका हो ।

 

प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे बैठकमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । साथै एमाले भित्रको असहमतिलाई समाधान गर्न कार्यदलका सदस्यहरुले गरेको १० बुँदे सहमति प्रस्तावलाई क्रमशः कार्यान्वयन गर्दै लैजानेबारे बैठकमा छलफल हुने उनले बताए ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरेको थिए ।

 

त्यस्तै उनले दोस्रो पटक जेठ ८ गते प्रतिनिधि साभ विघटन गरेका थिए । सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।

 

उक्त बैठकमा नेपाल पक्षका नेताहरु सहभागी हुने नहुने बारेमा आधिकारीक जानकारी भने आएको छैन् ।

 

सर्वोच्चको फैसलाले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएपछि पहिलो पटक एमालेका बैठकहरू बस्न लागेका हुन्।