विप्लवले भेटे बाबुराम भट्टराईलाई टोखामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई भटेका छन् ।

 

पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित गएका विप्लवले भट्टराई कै निजी निवास टोखामा शुक्रबार बिहान भेट गरेका हुन्। भेटवार्तामा जसपा नेता हिसिला यमी पनि छन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

 

यसअघि विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर कुराकानी गरेका थिए।