सरकारी निवास सरे प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवास सरेका छन्।

 

शुक्रबार बिहान ९ः५७ बजे देउवाले बालुवाटार प्रवेश गरेका हुन् । सर्वोच्च अदालतले  प्रधानमन्त्री नियूक्त गर्ने परमादेश जारी गरेको आर्को दिन अथात् मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भए पनि आफ्नै निजी निवास बूढानिलकण्ठमै बसोबास गर्दै आएका थिए।

 

प्रधानमन्त्री देउवा बालुवाटार आएको उनको सचिवालयले जानकारी दिएको छ।