च्यासलमा एमाले स्थायी कमिटी बैंठक सुरु, बैंठक सार्न नेपाल पक्षको माग
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैंठक सुरु भएको छ । आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा बैंठक बसेको हो ।
प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे बैठकमा छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । साथै एमाले भित्रको असहमतिलाई समाधान गर्न कार्यदलका सदस्यहरुले गरेको १० बुँदे सहमति प्रस्तावलाई क्रमशः कार्यान्वयन गर्दै लैजानेबारे बैठकमा छलफल हुने उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरेको थिए ।
त्यस्तै उनले दोस्रो पटक जेठ ८ गते प्रतिनिधि साभ विघटन गरेका थिए । सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।
माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ ।