संसद सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले लिने विश्वासको मत सम्बन्धी प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । सो प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

 

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।  त्यस्तै सभामुखले आजै दोस्रो बैठक राखेर विश्वासको मत लिने प्रस्ताव अगाडि बढाउनेछन्।

 

सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।