प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो: रामकुमारी झाँक्री

 

काठमाडौं । नेकपा एमाले वरीष्ठ नेता माधव नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य भएको बताएकी छन् ।

 

सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन् । ‘हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।

 

झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्तावसमेत गरेकी छन् ।

 

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।