प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा निर्णय गरेको छ । 

 

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पक्षमा निर्णय गरेको हो ।

 

प्रधानमन्त्री देउवाको आजै प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने तयारी छ ।

 

सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।