भिम रावलले दिए सांसद पदबाट राजिनामा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सांसद पदबाट राजिनामा दिएका छन् ।

 

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

 

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने केहि समय अगाडि मात्रै रावलले राजीनामाको घोषण गरेका हुन् ।