सर्वोच्च अदालतको फैसला पछि दोस्रो पटक सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौँ । सर्वोच्च अदालतको फैसला पछि दोस्रो पटक पुनःस्थापना भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । केहीबेरअघि संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

 

बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन्  विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो ।

 

अदालतको परमादेशअनुसार असार २९ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्ति भएका थिए ।प्रधानमन्त्री देउवाले आजै बस्ने संसद्‌को दोस्रो बैठकमा विश्वासको मत लिने छन् ।