देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

 

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५ सय ७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । त्यस्तै १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।