गण्डकी प्रदेशमा ६ जना मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेशमा ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । शुक्रबार उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनीहरुलाई सपथ गराएकी हुन् ।

 

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

 

यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।