नेपालमा थप ३,११४ जनामा कोरोना संक्रमण पुष्टि,थप १६ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ जनामा संक्रमण देखिएको हो ।

 

 

यस्तै एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो।यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । १६ जनाको मृत्यु भएको छ ।