बालुवाटारमा गठबन्धनका नेताहरुको बैठक जारी,माधव नेपालपनि सहभागी

काठमाडौं। विपक्षी गठबन्धनका नेताहरु फेरि छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको जारी रहेको छ ।बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालपनि सहभागी रहेका छन् ।

 

 

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि बैठक सहभागी रहेका छन् ।

 

 

 

बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।