सङ्खुवासभामा लडेर एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभामा स्वास्थ्यचौकीको सामान सार्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेका छन् ।
उनको स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
शनिबार दिउँसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्यचौकीको सामान सार्ने क्रममा काठको टेवल बोकी आउँदै गर्दा बाटो साघुँरो भएको कारण आफैँ सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर उनको मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी चौकी सिसुवाटार र सङ्सुवासभा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको छ ।