प्रचण्डले एमाले विभाजन गर्न खोजेको भीम रावलको आरोप
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डले एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।
रावलले सामाजिक सञ्जालमार्फत अध्यक्ष ‘प्रचण्ड’ले शनिबार एउटा कार्यक्रममा ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भएको भन्दै दिएको अभिव्यक्तिपछि सो आरोप लगाएका हुन् । साथै रावलले प्रचण्डको उक्त भनाइलाई ‘हास्यास्पद र मनगढन्ते’ पनि भनेका छन् ।
उनले चार बुँदामार्फत भने , ’ प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ ।’
एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’ रावलको प्रश्न छ ।
उनले प्रचण्डलाई आफूहरुलेजस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो ? भन्ने प्रश्न गरेका छन् । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनःस्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पु¥यायौँ । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’