पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

मोरङ । खोलामा पौडी खेल्ने क्रममा डुबेर मोरङमा एक युवकको मृत्यु भएको छ । स्थानीय हचुवा खोलामा पौडी खेल्ने क्रममा भोजपुर घर भइ केराबारी–३ मा बस्दै आएका २४ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको हो ।

 

खोलाको पुलमुनिको दहमा पौडी खेल्न भनेर पसेका श्रेष्ठ शनिबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा श्रेष्ठको शव राति ९ बजे दहभित्र फेला पारिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

 

उनका अनुसार उनको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।