प्रदेश १ का १४ वटै जिल्लामा खोप वितरण सुरु
काठमाडौँ । प्रदेश १ सरकारले कोभिड १९ विरुद्धको खोप वितरण सुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण सुरु गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबार प्राप्त भएको खोपहरू वितरण सुरु गरिएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार आजसम्म सुनसरी, उदयपुर, झापा, इलाम र पाँचथरका जिल्लाहरूमा भेरोसेल खोप पठाइएको छ ।
उनका अनुसार भोलिसम्ममा प्रदेश १ का सबै जिल्लाहरूमा खोप वितरण भइसक्ने छ । प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र ४८ हजार भायल ९२ लाख ४० हजार डोज० जोनसन एण्ड जोनसन खोप आएको आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।
उनका अनुसार भेरोसेल खोप लगाइसकेपछि मात्र जोनसन खोप वितरण सुरु गरिने छ । भेरोसेल खोप ५४ वर्षमाथि र जोनसन एण्ड जोनसन खोप ५० वर्षमाथिका व्यक्तिहरूलाई लगाइने प्रदेश सरकारको तयारी छ ।