माधव पक्षले बोलायो स्थायी कमिटी बैठक
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । सोमबार दिउँसो नयाँ बानेश्वरको बुद्धनगरमा बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी एकताका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । त्यस्तै, एमाले विवाद समाधानका लागि गठित कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा पनि छलफल हुनेछ ।
आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरुले पार्टी एकता गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।