जसपाको आधिकारिकता विवादः आफ्नो पक्षमा बहुमत जुटेको उपेन्द्र यादवको दाबी
काठमाडौँ । जसपाको अधिकारीतासम्बन्धी विवादमा आफ्नो पक्षमा बहुमत जुटेको अध्यक्ष उपेन्द्र यादवले दाबी गरेका छन् ।
उनले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए ।
उनले भने, ‘हाम्रो पक्षमा अत्यधिक बहुमत देखिएको छ। अहिलेसम्म ३४ जनाको हस्ताक्षर हाम्रो पक्षमा भएको छ, केही आउने क्रम जारी छ ।’