जसपा विवादमा रेशम चौधरी तटस्थ !

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाको विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारोबारबाट सोमबार दिउँसो निर्वाचन आयोगमा पुगेका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

 

पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसँग उनले केहीबेर छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् ।