बुद्ध एयरको जहाज आकस्मिक अवतरण, जहाजमै यात्रु बेहोस

काठमाडौं। सोमबार एकैदिन बुद्ध एयरका २ जहाज आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीका लागि उडेको एउटा जहाज प्राविधिक गडबडीका कारण आकस्मिक अवतरण भएको थियो ।

 

 

 

सोमबार नै काठमाडौंबाट नेपालगन्ज उडेको जहाज पनि आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्जका लागि उडेको जहाजमा सवार एक यात्रु अचानक बेहोस भएपनि जहाज आकस्मिक अवतरण गर्नुपरेको स्रोतले बताएको छ ।

 

 

 

काठमाडौंमै अवतरण गएिको उक्तलाई फेरि नपालगञ्ज पठाउने तयारी भइरहेको बुझिएको छ । बेहोस भएका यात्रुलाई भने काठमाडौंमै झारिने बताइएको छ ।

 

 

यसअघि घनगढीका लागि उडेको जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइँदैछ ।