सत्ता गठबन्धनको बैठक बालुवाटारमा, मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल

काठमाडौँ । आज सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवटारमा बसेको छ । बुधबार विहान ९ बजेबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको हो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरू बैठकमा सहभागी छन् ।

 

मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवा जनकारी दिए । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

 

जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ। गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए। एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। तर एमालेका ती सांसद सरकारमा जाने वा नजाने भन्ने यकिन छैन।