कांग्रेसको पदाधिकारी बैठक भोली बस्ने गरेर स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोली बस्ने गरेर स्थगित भएको छ । आज बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठक चार घन्टासम्म चलेको थियो।

 

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार दिउँसो २ बजे फेरि पदाधिकारी बैठक बस्ने जानकारी दिए। क्रियाशील सदस्यतामा देखिएका विवाद हल गर्न थप समय लिइएको छ।

 

साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।