आइतबारदेखि पोखरा-नेपालगञ्ज हवाई उडान सुरु
काटमाडौँ । बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो ।
पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज उडान सुरु गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । १८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु भएको बरालले बताए । यात्रुको चाप बढ्दै गए दैनिक वा ठुलाआकारका जहाज समेत चलाउने गरी उडान सुरु भएको स्टेशन म्यानेजर बरालले बताए ।
पोखराबाट बिहान ९ बजेर १० मिटेमा जहाज नेपालगञ्जका लागि उड्ने छ । यसै गरी नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुने बरालले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारका भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा फुल फेयर ७६ सय ३५ रुपौयाँ पर्ने छ । मध्यमस्तरको भाडादर ५५ सय ३५ रुापैयाँ र सस्तो भाडादर ४९ सय ३५ रुपौयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि हुने बरालले बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनै थालेकोले पनि पोखरालाई आधार बनाएर विभिन्न सहर जोड्ने गरी उडान सुरु गरेको बुद्ध एयरले बताएको छ । बुद्धले पोखराबाट काठमाण्डौ, भैरहवा र भरतपुर उडान गरिरहेको छ ।
बुद्धले पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भइरहेको छ । यस अघि सीता एयरले दोस्रो लकडाउन अघि तीन महिना चाट्र्ड फ्लाईट हप्ताको तीन दिन गरेको थियो ।