राष्ट्रपतिद्वारा प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

काठमाडौँ । बलाधिकृत रथी प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्या देवी भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

 

सैनिक ऐन, २०६३  को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपतिले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्त जानकारी दिए ।