दार्चुला घटनाको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन, युवा संघले माग्यो गृहमन्त्रीको राजिनामा
काठमाडौँ । साउन १५ गते भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर एक नेपाली महाकालीमा बेपत्ता भएपछि सो घटनाको बिरोधमा नेकपा एमाले ओली पक्षीय युवा संघले प्रदर्शन गरेको छ ।
आज काठमाडौको नयाँ बानेश्वरमा संघले घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो।
संघले प्रदर्शनको क्रममा सरकार बिरोधी नारा लाउनुको साथै गृहमन्त्री बालकृष्ण खाणको राजिनामा समेत मागेको थियो ।