परीक्षा बिग्रिएको भन्दै युवतीले गरिन् आत्महत्या
काठमाडौं। सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै सुसाइड नोटु लेखेर आत्महत्या गरेकी छन्। पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।
जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ वर्षीया कँडेलले आत्महत्या गर्नुअघि सुसाइड नोटु समेत लेखेको प्रहरीले बताएको छ।
प्रहरी स्रोतका अनुसार सुसाइड नोटुमा उनले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोज्नुपरेको कुरा लेखिएको देखिन्छ।
मृतक कँडेलको शवको पोस्टमार्टम भए पनि अहिलेसम्म रिपोर्ट भने आइनसकेको प्रहरीले बताएको छ।