राष्ट्रहित विपरित देउवा सरकारले एमसीसी पारित गर्न खोजेको सीपी गजुरेलको आरोप
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले राष्ट्रहित विपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
उनले मंगलबार एमसीसी सम्झौता र दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंस्थित माइतिघर मण्डलामा भएको प्रदर्शनमा सो आरोप लगाएका हुन् ।
त्यस्तै, उनले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसंग सहयोग मागेको जानकारी आएको पनि बताए । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आफूहरु एमसीसीको बिरोधमा रहेको उनको भनाइ छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिले मंगलबार एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको थियो ।