संसद अधिवेशन अन्त्य गर्न सरकारको राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

 

 

संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ। आज बिहान बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको थियो।