सरकारले ल्यायो अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन पाउने

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर पार्टी फुटाउन पाउने अध्यादेश ल्याएको हो ।

 

यो अध्यादेश माधव नेपाल पक्ष र महन्त ठाकुर पक्षलाई राहत मिल्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

 

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।