माधव नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद सचिवालयमा एमालेको पत्र
काठमाडौँ । नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । उनीहरूको पद खारेजीको माग गर्दै संसद सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको हो ।
पद खारेज गरिएका सांसदहरुमा नेता नेपालसँगै जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने,मेटमणी चौधरी, विरोध खतिवडा,कृष्णलाल महर्जन,भवानी खापुङ,मेटमणी चौधरी, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु , पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन रहेका छन् ।