माधव नेपाल नयाँ पार्टी दर्ताको तयारीमा
काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू नयाँ पार्टी दर्ताको तयारीका लागि छलफलमा जुटेका छन् । बानेश्वरस्थित एक होटलमा मध्यान्ह १२ बजेदेखि भेला भएर उनीहरू निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बारे छलफलमा जुटेका हुन् ।
छलफलपछि आजै निर्वाचन आयोग जाने उनीहरूको तयारी छ। उक्त छलफलमा नेता नेपाल पक्षकै युवराज ज्ञवाली, भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु भने सहभागी छैनन् । नेपाल पक्षीय नेताहरु छलफलमै रहेका बेला राष्ट्रपतिबाट दल विभाजन अध्यादेश स्वीकृत भएको छ ।