थप ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बुधबार थप ३ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।