ज्ञानलाल महतोको आमाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौँ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-१ घर भएका ज्ञनलाल महतोको आमाको श्रद्धाञ्जली कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले देश विकासको लागि सबै नेपाली नागरीक एकजुट हुन आवश्यक भएको बताएका छन् । 

 

उक्त श्रद्धाञ्जली कार्यक्रमको प्रमुख अतिथिको रूपमा सहभागि गजुरेलले मृतआत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारप्रति समबेदना प्रकट गरेका थिए । साथै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले देश विकासको लागि क्रान्ति गर्नु पर्ने बताए ।

 

 

साउन २२ गते असामयिक निधन भएकी पूर्णदेवि महतोको (छोरा) जिल्ला कमिटी सदस्य ज्ञानलाल महतोको प्रमुख अध्यक्षतामा आज बुधबार महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा श्रद्धाञ्जली कार्यक्रम भएको थियो । यस्तै कार्यक्रमको प्रमुख अतिथि सीपी गजुरेल, अतिथि हरिकृष्ण गजुरेल, कृष्णदेव दनुवार लगायत सहभागि थिए । भने कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सदस्य सितल कर्णले गरेका थिए ।