नुवाकोटमा पहिरोले पुरिएर एक जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।

 

 

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

 

उनका अनुसार बिहीबार राति साढे ३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर मृत्यु भएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ ।