प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच भेट भएको हो ।

 

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले बताए। सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।