रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता

 

काठमाडौं । रसुवामा परिहोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

 

नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर गलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।

 

 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेका अनुसार श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको छ भने अर्को एक जनाको खोजी भइरहेको छ ।