चार सयले घट्यो सुनको मूल्य

काठमाडौँ । बिहीबार सुनको मूल्य चार सयले घटेर तोलाको ९० हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार दुई सयमा कारोबार भएको थियो।

 

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर ११ सय ८० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी तोलाको १२ सय ५ रुपैयाँ थियो।

 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।