चाँदीका गरगहनासहित वीरगञ्जबाट एकजना पक्राउ

काठमाडाैँ । प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् ।

 

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

 

 

उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ। पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।