सरकारले ल्याएको अध्यादेशले संविधानको रक्षा गर्छ : प्रचण्ड

 

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पास गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशको बचाउ गर्दै संविधान र लोकतन्त्र रक्षाको लागि ल्याएको बताए ।

 

समाजवादी केन्द्रले बिहीबार गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ अन्तर्क्रियामा प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यदेशले संविधान सिध्याउने र प्रधानमन्त्री देउवाले ल्याएको अध्यदेशले संविधानको रक्षा गर्ने दाबी गरे ।

 

 

‘सबै अध्यादेश उस्तै हो भनेर बडो आदर्शवादी कुरा सुनिएको छ। लोकतन्त्र र संविधान सिध्याउने र रक्षा गर्ने अध्यादेश उस्तै हैन,’ उनले भने।

 

 

साथै बुधबारदेखि नयाँ राजनीतिक परिस्थिति बनेको र नेता माधवकुमार नेपालले नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेकोले उक्त दल दर्ता भएपछि मन्त्रिपरिषद विस्तार हुने उनले बताए।