शेयर बजार १८ अङ्कले घट्यो

काठमाडौँ । पछिल्लो तीन दिन लगातार बढेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार भने घटेको छ । नेप्से आज १८ दशमलव २४ अङ्कले घटेर तीन हजार एक सय ८० दशमलव ७८ विन्दुमा झरेको छ ।

 

पछिल्लो समय तीव्र गतिमा बढेको जलविद्युत् समूहको शेयर आज भने एक सय २३ अङ्कले घटेको छ । यस्तै बैंकिङ समूहको शेयर साढे १९ अङ्कले, विकास बैंकको एक सय ६२ अङ्कले, होटलको ३०, फाइनान्सको ७३ र उत्पादन समूहको शेयर १९ अङ्कले घटेको छ । आज बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर भने बढेको छ ।

 

आज खानीखोला हाइड्रो, ङादी ग्रुप अफ पावर र एचआईडीसीएल कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्र बजार घटे पनि जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।