देशभर थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ । बिहीबार देशभर थप ३ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।

 

 

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु हुँदा २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।