मेस्सीले पिएसजी डेब्युका लागि अझै प्रतीक्षा गर्नुपर्ने

काठमाडौँ । लियोनल मेस्सीका समर्थकहरु चाडैं उनले पिएसजीबाट खेलेको हेर्न आतुर छन् । तर प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बे्रस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा राखेका छैनन् ।

 

 

यस खेलमा नेइमार र लियनद्रो पेरेडेस पनि मैदानमा हुनेछैनन् । कोपा अमेरिकाको फाइनल खेलमा सहभागी हुन परेका कारण उनीहरुले पनि प्रिसिजनको तयारी गर्न पाएका थिएनन् ।

 

अब लिग वानको चौथो खेलमा स्टेडे डि रेइम्सविरुद्ध मेस्सी मैदानमा उत्रनसक्ने अपेक्षा गरिएको छ । यसै महिना बार्सिलोनासँगको २१ वर्षे सम्बन्ध टुंग्याएर छाडेर मेस्सी पिएसजीमा आबद्ध भएका हुन् ।

 

१७ वर्ष बार्साको सिनियर टोलीबाट खेल्नेक्रममा उनले सर्वाधिक धेरै खेल खेल्ने खेलाडी र सर्वाधिक धेरै गोल गर्नेसहितका दर्जनौं किर्तिमान बनाएका थिए । उनी स्पेनिस ला–लिगाको इतिहासमै सर्वाधिक ४ सय ७४ गोल गर्ने खेलाडी हुन् ।