प्रदेश नम्बर २ का पूर्वराज्यमन्त्रीले गरेनन् सरकारी सुविधा फिर्ता
काठमाडौँ । राजीनामा दिएको एक महिना बितिसक्दा पनि प्रदेश नम्बर २ का निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री सरोज सिंह कुशवाहले सरकारी सेवा सुविधा लिइरहेका छन्।
उनले गत साउन २ गते राज्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तर राज्यमन्त्री हुँदा पाएका सरकारी सवारीलगायत सेवा सुविधा उनले अझै छाडेका छैनन्।
उनले मन्त्री हुँदा लिएको सेवा सुविधा लिइरहेको मन्त्रालयले जानकारी दिएको छ। एउटा गाडी, मोटरसाइकललगायत सरकारी सवारी साधन अझै उनले फिर्ता गरेका छैनन्।