प्रदेश २ मा ओली भन्दा माधव नेपाल पक्ष बलियो

 

काठमडौ । नेकपा एमाले विभाजन हुँदा प्रदेश २ मा नेकपा एमाले समाजवादी पक्ष बलियो देखिएको छ । प्रदेश २ मा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पक्ष बलियो भन्दै दाबी गरिरहेका छन् । तर पछिल्लो समय धेरैजसो प्रदेश २ का सांसदहरु नेकपा समाजवादीमै खुलेको पाइएको छ ।

 

 

एमाले समाजवादीका अध्यक्ष नेपालको गृहजिल्ला भएको प्रदेश भएकाले पनि उक्त पार्टीमा सांसदहरु खुल्ने अनुमान गर्न सकिन्छ । हालसम्म प्रदेशका १३ सांसद माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा खुलेका छन् भने एमालेमा ८ सांसद रहेको बताइएको छ ।

 

 

एमाले समाजवादीले कानूनी रुपमा वैधता पाएपछि सरकारमा सहभागी हुने समेत तयारी भइरहेको  छ ।