१८ सयले बढ्यो सुनको भाउ

काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो ।

 

 

गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा ४ सयले बढेर छापावाल सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको भाउ ९० हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।