जापानबाट आइपुग्यो थप २ लाख बढी खोप

काठमाडौं। कोरोना भाइरसविरुद्धको २ लाख ८ हजार बढी डोज खोप जापानबाट नेपाल आइपुगेको छ ।

 

 

जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।

 

 

 

 

अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउने बताइएको छ। १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो।

 

 

 

यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ।अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ।

 

 

 

स्वास्थ्य तथा जनसंख्याको शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्।