प्रचण्डको स्वास्थ्यमा समस्या, कोरोना रिपोर्ट यस्तो आयो

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको छ ।

 

 

उनको नीजि सचिवालयका अुनसार प्रचण्डलाई रुघाखोकी र ज्वरोले सताएको छ ।

 

 

केही दिनदेखि बिरामी परेर खुमलटारस्थित निवासमै आराम गरिरहेका उनलाई रुघाखोकी र ज्वरो आएको हो ।

 

 

प्रचण्ड कोभिड पनि परीक्षण गरिएको छ ।परीक्षणमा कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

 

उनको सचिवालयले प्रचण्डको स्वास्थ्य अहिले ठिक हुँदै गएको र रुघा र ज्वरो कम हुदै गएको बताएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।