सांसदहरुको सनाखतका लागि निर्वाचन आयोगले पठायो सभामुखलाई पत्र
काठमाडौँ । माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुखलाई सोध्ने निर्णय गरेको छ ।
माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो ।
माधव नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्ने निर्वाचन आयोग जनाएको छ ।