पञ्जशीरमाथि कब्जा गर्न निस्किए तालिबानका सयौँ लडाकु

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुल र सत्ता कब्जा गरेपछि विद्रोही समूह तालिबानका सयौँ लडाकु उत्तर–पूर्वको पञ्जशीर कब्जा गर्न निस्किएका छन् ।

 

 

तालिबानका लडाकुहरुले आफ्नो नियन्त्रणमा नआएका इलाकाहरु कब्जा गर्न सुरु गरेसँगै आइतबार राति पञ्जशीरतर्फ लागेका हुन् ।

 

काबुलको उत्तरमा रहेको पञ्जशीर तालिबान विरोधीहरुको गढ हो । जसको कमाण्ड अहमद शाह मसुदका छोरा अहमद मसुदको हातमा छ । विद्रोही समूह अलकायदाले ९र११ अमेरिकी हमलाको दुई दिन पहिले अहमद शाह मसुदको हत्या गरेको थियो ।

 

 

तालिबानले आफ्नो ट्विटरमा लेखेका छन्, ‘स्थानीय अधिकारीहरुले शान्तिपूर्ण तरिकाबाट पञ्जशीर प्रान्त तालिबानलाई हस्तान्तरण नगरेको कारण इस्लामी अमीरातका सयौँ मुजाहिदीन –लडाकु० पञ्जशीर नियन्त्रण गर्नका लागि अघि बढेका छन् ।’

 

 

राजधानी काबुलमाथि तालिबानले कब्जा गरेपछि हजारौँ मानिसहरु पञ्जशीरमा गएर बसेका छन् । मसुदको नेतृत्वमा तालिबानका लडाकुविरुद्ध करिब ९ हजार मानिसहरुलाई जम्मा गरिएको दाबी गरिएको बीबीसीले जनाएको छ ।

 

 

यस्तै, मसुदले साउदी अरबको मिडिया प्रसारक अल–अरबियासँग पञ्जशीरमा थुप्रै अफगानी प्रान्तका सरकारी सुरक्षाबल भागेर आएर बसेको बताएका छन् । उनले अफगानिस्तानको रक्षाका लागि तयार रहेको र हिंसाको चेतावनी पनि दिएका छन् ।